मन्थली नगरपालिकामा यहाँहरुलाई हार्दिक स्वागत छ।

मन्थली नगरपालिकाको संक्षिप्त चिनारी 

रामेछाप नेपालको ३ नं प्रदेशको जनकपुर अञ्चलमा अवस्थित एक दुर्गम पहाडी जिल्ला हो । राजधानी समेत रहेको १९ औं जिल्ला पर्ने रामेछाप सेवा सुविधाको हिसाबले एक विकट क्षेत्र हो । राजधानीले छोएको काभ्रेपलाञ्चोक जिल्ला चिनसँग सिमाना जोडिएको दोलखा र ओखलढुङ्गा जिल्ला र तराईले छोएको सिन्धुली जिल्लाको विचको १५४६ वर्ग कि.मि.को यो जिल्ला प्रयाप्त स्रोत र साधान भएर पनि उपेक्षित अवस्थामै छ । रामेछापलाई तीनलालको जिल्ला भनेर पनि चिनिने गरिन्छ । नेपाली साहित्यका प्रथाम सहित सुब्बा कृष्णलाल अधिकारी सहिद गंगालाल श्रेष्ठ र नेपाल कम्प्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म रामेछापमै भएको हो । रामेछापले नेपाली राजनीतिक कला साहित्य उद्योगी व्यापारी विद्वान साँस्कृतिक कर्मी संचार कर्मी सबै प्रतिभा जन्माएको छ । भौगोलिक हिसाबमा भन्ने हो भने रामेछाप जनकपुर अञ्चलका ६ जिल्ला मध्ये एक हो । वि.सं. २०५६ को विकेन्द्रीकरण नियमावली अनुसार अहिले यो जिल्ला दुर्गमको कोटीमा नै पर्दछ । यस जिल्लाको भौगोलिक विस्तार २७ डिग्री २८ उत्तरी आक्षंस देखी २७ डिग्री ५० उत्तरी सम्म र ८५ डिग्री ५० पूर्वी देशान्तर देखि ८६ डिग्री ३५ पूर्व सम्म फैलिएको छ । मध्य महाभारत पर्वत श्रृंखलादेखी उच्च हिमाली श्रृंखलासम्म विस्तारित रामेछाप जिल्लाको भु–बनोट समुद्रि सतह देखी ४२६ मिटरको उचाईदेखि ६९५८ मिटरको नुम्बुर हिमाल चुलीसम्म फैलिएको छ । नेपाल सरकारको मिति २०७३ फागुन २७ गतेबाट लागु हुने गरी यस रामेछाप जिल्लालाई ८ वटा स्थानीय तहमा ११ ईलाका र २ निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । वि.सं. १८३६ देखी वि.सं. २०४६ सम्म कहिले गौडा गोश्वारा कहिले बडा हाकिमको अड्डा कहिले अञ्चल स्तरीय प्रशासनिक निकाय कहिले जिल्ला स्तरीय प्रशासनिक स्थलको रुपमा २१० वर्षको ईतिहास बोकेर बसेको रामेछाप सदरमुकाम सरी २०४५ साल देखी विविध रुपमा रहदै आएको छ । रामेछाप जिल्लामा रहेका २ नगरपालिका मध्ये मन्थली नगरपालिका एक हो । यस नगरपालिकाका नेपाल सरकारद्वारा वि.सं. २०७१ सालमा नगरपालिकाको रुपमा घोषणा गरिएको र २०७३ को स्थानीय तह निर्माणमा पहिलेको नगरपालिका र केही साविक गाविसहरुलाई थप गरी मन्थली नगरपालिका घोषणा गरिएको थियो ।