FAQs Complain Problems

समाचार

घर नक्सा पास

सेवा प्रकार:

लाग्ने समय: 
२१ दिन
जिम्मेवार अधिकारी: 
सरोज सुवेदी (सब-ईन्जिनियर) र सन्तोष प्रसाई (अमिन)
सेवा दिने कार्यालय: 
नगरपालिका कार्यालय
सेवा शुल्क: 
नगर सभाको निर्णय बमोजिमको नक्शा-पास दस्तुर र जरिवाना
आवश्यक कागजातहरु: 
  • नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
  • जग्गाको कित्ता नं.देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा ।
  • कित्ताकाट भएको भए सोको  प्रमाणित फाईल नक्सा
  • भवन निर्माण हुने जग्गा (site) मापदण्ड अनुरुपको बाटो नक्सामा नभएको अवस्थामा फिल्डमा कम्तीमा ६ मि. भएको वडाको सिफारिसको सक्कल
  • कार्यालयको स्वीकृत फरमेट मा तयार भएको कम्प्युटरकृत गरिएको घरको डिजाइन नक्सा-३ प्रति
  • तला थपको लागी भए पहिले नक्सा पास भएको घरकोडिजाइन नक्सा र घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपि
  • नक्सा तयार गर्ने प्राविधिकको यस न.पा.मा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
  • नक्सापास फाराम राजस्व प्रशासन (कोठा नं.५) बाट खरिद गर्नु पर्ने
  • गत बर्षसम्म न.पा.लाई सम्पुर्ण कर बुझाएको प्रमाण, फोटो ४ प्रति
  • व्यावसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यावसायको हकमा)
प्रक्रिया: 
  • व्यहोरा सहितको निवेदन फाराम
  • कार्यालय प्रमुखको तोक आदेश
  • फिल्ड निरीक्षण तथा निवेदन दर्ता
  • १५ दिने सार्वजनिक सूचना प्रकाशन
  • सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत, वडा कार्यालयको सिफारीस प्रक्रिया पुगेको ७ दिन पछि नक्सापास हुने
  • नक्सापास दस्तुर नगरसभाबाट तोकिए बमोजिम
  • आंशिक निर्माण सम्पन्न प्रमाण पत्र
  • स्वीकृती
  • फिल्ड निरीक्षण
  • स्थायी प्रमाण पत्रको लागि निवेदन
  • निर्माण सम्पन्न प्रमाण पत्र