समाचार
घर नक्सा पास
सेवा प्रकार:
लाग्ने समय:
२१ दिन
जिम्मेवार अधिकारी:
आरभ जिरेल (असिष्टेन्ट सब-ईन्जिनियर) र सिताराम खत्री (अमिन)
सेवा दिने कार्यालय:
नगरपालिका कार्यालय
सेवा शुल्क:
नगर सभाको निर्णय बमोजिमको नक्शा-पास दस्तुर र जरिवाना
आवश्यक कागजातहरु:
- नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
- जग्गाको कित्ता नं.देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा ।
- कित्ताकाट भएको भए सोको प्रमाणित फाईल नक्सा
- भवन निर्माण हुने जग्गा (site) मापदण्ड अनुरुपको बाटो नक्सामा नभएको अवस्थामा फिल्डमा कम्तीमा ६ मि. भएको वडाको सिफारिसको सक्कल
- कार्यालयको स्वीकृत फरमेट मा तयार भएको कम्प्युटरकृत गरिएको घरको डिजाइन नक्सा-३ प्रति
- तला थपको लागी भए पहिले नक्सा पास भएको घरकोडिजाइन नक्सा र घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपि
- नक्सा तयार गर्ने प्राविधिकको यस न.पा.मा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
- नक्सापास फाराम राजस्व प्रशासन (कोठा नं.५) बाट खरिद गर्नु पर्ने
- गत बर्षसम्म न.पा.लाई सम्पुर्ण कर बुझाएको प्रमाण, फोटो ४ प्रति
- व्यावसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यावसायको हकमा)
प्रक्रिया:
- व्यहोरा सहितको निवेदन फाराम
- कार्यालय प्रमुखको तोक आदेश
- फिल्ड निरीक्षण तथा निवेदन दर्ता
- १५ दिने सार्वजनिक सूचना प्रकाशन
- सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत, वडा कार्यालयको सिफारीस प्रक्रिया पुगेको ७ दिन पछि नक्सापास हुने
- नक्सापास दस्तुर नगरसभाबाट तोकिए बमोजिम
- आंशिक निर्माण सम्पन्न प्रमाण पत्र
- स्वीकृती
- फिल्ड निरीक्षण
- स्थायी प्रमाण पत्रको लागि निवेदन
- निर्माण सम्पन्न प्रमाण पत्र